काठमाडौँ, १ पौष । आजदेखि बाघ गणना कार्य शुरु हुँदैछ ।
हरेक चार वर्षमा गरिने बाघको गणना आजदेखि शुरु हुन लागेको हो । चितवनको सौराहामा औपचारिक कार्यक्रम गरी बाघ गणना शुरु गर्न लागिएको हो ।
वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भू–संरक्षण विभागको समन्वयमा गरिने बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), विश्ववन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालको सहयोग रहेको छ ।
त्यस्तै गणनामा नेपाली सेना, मध्यवर्ती तथा सामुदायिक वन उपभोक्ता समितिलगायत सहयोगीका रुपमा परिचालित हुने गरेका छन् । २ सय ५० जना प्राविधिक कर्मचारी देशभर खटिएर साढे दुईदेखि तीन महिनाभित्र गणना सम्पन्न गर्ने योजना रहेको निकुञ्ज विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्