समाचार

करिब ७ लाख बराबरको धनमाल चोरी



काठमाडौँ, १ पौष । काठमाडौँ महानगरपालिका–१५ धिमेलो डेरा गरी बस्ने ४३ वर्षीय धर्म रत्न शाहीको कोठामा पनि सोमबार दिउँसो चोरी भएको छ ।

उनको डेराबाट सुन तथा चाँदीका गरगहना र ल्याप्टप १ थान गरी करिब ७ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म चोरीमा संलग्नहरु पक्राउ परेका छैनन् । प्रहरीले उनीहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।