काठमाडौँ, १ पौष । कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गोरखाको भीमसेननाथ गाउँपालिका–२ स्थायी घर भई काठमाडौँको टोखा नगरपालिका–३ बस्ने ४३ वर्षीय खडानन्द लामिछानेलाई पक्राउ गरेको हो ।
लामिछानेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।
लामिछानेले कोरिया पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लामिछानेलाई आवश्यक अुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, पठाइएको छ ।










प्रतिक्रिया दिनुहोस्