काठमाडौँ, २ पौष । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार केही भूभागमा आंशिक बदलीबाहेक देशभरको मौसम आज सफा रहनेछ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।










प्रतिक्रिया दिनुहोस्