काठमाडौँ, २ पौष । बजारमा सुकेको प्याज र आलुको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सुकेको प्याज र आलुको मूल्य बढेको हो ।
आज बुधबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४८ देखि अधिकतम ५२ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ५० रुपैयाँ कायम छ ।
हिजो मंगलबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ५२ र औसत ४९ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै बुधबार आलुको मूल्य पनि बढेको छ । मंगलबार रातो आलु प्रतिकिलो थोकमा न्यूनतम ३२ देखि अधिकतम ४५ र औसत ३६ रुपैयाँमा किनबेच भएकामा आज बुधबार न्यूनतम ३५ देखि अधिकतम ४८ र औसत ३९ रुपैयाँमा किनबेच भइरहेको छ ।
यसैगरी भारतीय रातो आलु आज प्रतिकिलो थोकमा न्यूनतम २८ देखि अधिकतम ३२ र औसत २९ रुपैयाँमा किनबेच भइरहेको छ । आलु र प्याजको भाउ आपूर्तिका आधारमा घटबढ हुन्छ ।










प्रतिक्रिया दिनुहोस्