काठमाडौँ, २ पौष । बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलय बैतडीका अनुसार स्याउला काट्न गएकी मेलौली नगरपालिका-२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्ट मङ्गलबार मृत्यु भएको हो ।
स्याउला काट्न जङ्गल गएकी उनी सोही ठाउँको ल्वापा भिरबाट खसेकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्