काठमाडौँ, २ पौष । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ ।
मतदान स्थल भृकुटीमण्डपमा आज बिहान प्रेस ब्रिफिङको क्रममा एमाले नेता राजेन्द्र गौतमले राति साढे १० बजेअघि नै नतिजा सार्वजनिक हुने बताए ।
उनले भने, ‘हाम्रो जम्मा मतदाताहरुको संख्या र भोटिङ मेसिनलाई लाग्ने समयलाई काउन्ट गर्दाखेरी एक जना व्यक्तिलाई एक जना व्यक्तिलाई २० मिनेट लाग्ने र एकपटकमा ८० जनाले भोट खसाल्न पाउने व्यवस्था गरिएको छ,’ ‘यसरी हेर्दा टेन्टेटिभ्ली आठ–साढे आठ घण्टामा हामीले मतदान क्काउँछौं भन्ने तयारी अनुसार, निर्वाचन आयोगले दिएको सूचना अनुसार हामी अगाढि बढेका हौं ।’










प्रतिक्रिया दिनुहोस्