काठमाडौँ, २ पौष । ३६ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२१ घर भएका ४१ वर्षीय मनोहर लाल श्रेष्ठलाई स्वयम्भूबाट पक्राउ गरेको हो ।
अदालतको २३ असार २०८१ को फैसला अनुसार अनुसार उनलाई ५ दिन कैद र ३६ लाख जरिवानाको फैसला भएको थियो ।
उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएर कारागार चलान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्