काठमाडौँ, ३ पौष । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको बताएका छन् ।
आज काठमाडौँमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको पारदर्शीता, सुशासन, भ्रटाचारमुक्त समाज, सरल सार्वजनिक सेवा, देशभित्रै रोजगारीका अवसरको मागसहित उठेको जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिशा दिएको उल्लेख गरे
उनले भने, ‘आजको युग डिजिटल युग हो । समाचारको गति र पहुँच डिजिटल माध्यमले परिभाषित गर्ने अवस्था छ । गोरखापत्रले डिजिटल पत्रकारितामा अग्रसर भइ विश्वसनियता र तथ्यपरकता कायम राख्न सक्नुपर्छ । संस्थान अभिलेखकरणीय पत्रकारिता अर्थात तथ्य, इतिहास र प्रमाणलाई सुरक्षित राख्ने पत्रकारितामार्फत भविष्यका पुस्तालाई अमूल्य सम्पदाको रुपमा आफूलाई उभ्याउनु अर्को प्रशंसनीय कदम हो ।’










प्रतिक्रिया दिनुहोस्