राजनीति

निर्वाचनमा भोट हाल्न जनता आतुर छन्ः सञ्चारमन्त्री खरेल



काठमाडौँ, ३ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनितिक दलहरु निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरु निर्वाचनमा होमिएको बताए ।

राजनीतिक दलहरुले निर्वाचनको लागि उम्मेद्वार सिफारिस समेत गर्न थालिसकेको उनले बताए ।  निर्वाचनको तयारी स्वरुप कतिपय राजनीतिक दलहरुले गाउँदेखि शहरसम्म अभियान चलाएको उनले उल्लेख गरे । निर्वाचन आयोगले पनि निर्वाचनको कामलाई द्रुत गतिमा अगाडी बढाएको उनले जानकारी दिए ।

फागुन २१ गते हुने निर्वाचनको लागि ८ लाख भन्दा बढी नयाँ मतदाताहरु थपिएकोले देशमा निर्वाचन महोत्सव बन्न लागेको उनले दाबी गरे । निर्वाचनमा भोट हाल्न जनता पनि आतुर रहेको उनको भनाई छ । सरकारले सबैखालका स्रोत, साधान, जनशक्ति तयार गरेर निर्वाचनलाई सफल बनाउने वातावरणमा लागेको पनि उनले जानकारी दिए ।