अर्थ

स्याउको मूल्य बढ्यो



काठमाडौँ, ३ पौष । बजारमा स्याउको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज स्याउको मूल्य बढेको हो ।

आज बिहीबार फुजी स्याउको मूल्य प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो २ सय ८५ रुपैयाँमा किनबेच भएको फुजी स्याउ आज बिहीबार प्रतिकिलो ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै बिहीबार जुनारको मूल्य पनि प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ घटेको छ । हिजो बुधबार जुनार प्रतिकिलो १ सय २५ रुपैयाँमा किनबेच भएको थियो । आज प्रतिकिलो १ सय १० रुपैयाँ कायम छ ।