राजनीति

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी



काठमाडौँ, ३ पौष । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।

उनले १ हजार ६सय ६३ मत पाएका हुन् । उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् । 

मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।