समाचार

सुन्धारा कारागारबाट भागेका कैदी मोरङबाट पक्राउ



काठमाडौँ, ४ पौष । केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी मोरङबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–४ घर भएकी ४२ वर्षीया सिर्जना मगर छिन् । उनलाई जिल्ला प्रहरी कर्यालय मोरङले विराटनगर बसपार्कबाट पक्राउ गरेको हो ।

उनी गत २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएकी थिइन् । उनी मानव बेचबिखन मुद्दामा कारागार चलान भएकी थिइन् ।