काठमाडौँ, ४ पौष । गत मंसिर २० गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ स्थित पनाह खोलामा फेला परेको बेवारिसे शवको पहिचान भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मृत फेला परेका गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–१ निवासी ३४ वर्षीय मनोज पोखरेलको भएको पुष्टि भएको छ ।
मृतकका बुबा कृष्णप्रसाद पोखरेलले शुक्रबार बिहान शवको सनाखत गरेको प्रहरीले जनाएको छ । प्राप्त जानकारीअनुसार मनोज पोखरेल मंसिर १४ गतेदेखि घरबाट बेपत्ता भएका थिए।
उनी केही मात्रामा बौद्धिक अपाङ्गता रहेको व्यक्ति भएको खुल्न आएको छ । जिल्ला अस्पताल तम्घास, गुल्मीमा राखिएको शवको पोस्टमार्टम प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्