मनोरञ्जन

‘परान’ बन्यो धेरै कमाउने चौथो नेपाली फिल्म



काठमाडौँ, ४ पौष । नीर शाह स्टारर ‘परान’ नेपाली फिल्म इतिहासमा अहिलेसम्म सर्वाधिक कमाउने चौथो फिल्म बनेको छ ।

प्रदर्शनको ४९ औं दिन विहिबारसम्म फिल्मले सिनेपाः बक्सअफिसमा देशब्यापी १७ करोड ५५ लाख ३४ हजार ५३० नेरु ग्रस कमाएको छ ।

यो कमाइसँगै फिल्मले ‘छक्कापञ्जा ४’ र ‘जारी’ को कमाइलाई पनि उछिनेको छ ।

‘छक्कापञ्जा ४’ को कमाइ १७ करोड ५३ लाख २ हजार ६११ नेरु ग्रस र ‘जारी’ को कमाइ १७ करोड ४८ लाख १ हजार ४५९ नेरु ग्रस थियो । ‘परान’ ले शनिबार प्रदर्शनको गौरवमय ५१ दिन मनाउँदैछ ।

अब, ‘परान’ भन्दा धेरै कमाइ गर्ने तीन फिल्ममा ‘१२ गाउँ’, ‘कबड्डी ४’ र सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ मात्र छन् ।