राजनीति

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए



काठमाडौँ, ४ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन् ।

भोली बिहान ९ बजे बैठक बस्ने गरी देउवा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ,  महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई  बोलाएका हुन् ।  महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समितिलगायतका विषयमा छलफल गर्न बैठक डाकेको जानकारी गराइएको छ ।

कांग्रेसले यही पुसको २६ देखि २८ सम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ ।