राजनीति

सरकारले बाल सुधारगृहको मर्मतमा आवश्यक सहयोग हुन्छ: मन्त्री श्रेष्ठ



मोरङ, ५ पौष । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले बाल सुधारगृहको सुधार एवं मर्मतमा आवश्यक सहयोग गर्ने बताएकी छन् ।

विराटनगरको बाल सुधारगृह, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४, बाल हेल्पलाइन सेवा विराटनगर र पूर्वाञ्चल बालसेवा आश्रमको शुक्रबार निरीक्षणपश्चात् उनले बाल सुधारगृहको व्यवस्थापनमा आवश्यक सहयोग गरी थप बजेटको व्यवस्थापन गर्ने बताइन् । बाल सुधारगृहमा १८ वर्षसम्मका १४१ जना छन् भने १८ वर्षभन्दा माथिका ११३ जना छन् ।