काठमाडौँ, ५ पौष । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ बस्ने अन्दाजी १९ वर्षका ओम बाबुप्रसाद यादव रहेका छन् ।
बारा कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग२ख २७५ बसमा यादव सवार रहेको अवस्थामा चेकजाँचका क्रममा भेटिएको तनहुँका प्रहरीले जनाएको छ ।
निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्