काठमाडौँ, ५ पौष । संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले एमडीएमएस प्रणाली भित्र भ्रष्टाचारको जालो बेरिएको बताएका छन् ।
आज काठमाडौँमा नेपाल मोबाइल व्यवसायी संघ काठमाडौँको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभालाई उद्घाटन गर्दै सरकारका मन्त्री खरेलले एमडीएमएस भित्र भ्रष्टाचारको जालो बेरिएको बताएका हुन् ।
उनले भने, ‘एमडीएमएसको विषयमा के रहेछ भन्ने मलाइ मन्त्री भएदेखि नै चासो थियो, मैले यो विषयमा बुझ्दा एमडीएमएस भ्रष्टाचारको जालो भित्र रहेछ, जालो च्यातौं भनेर खोजेको श्वस्थानिको कथामा महादेवले जालो च्याते जस्तो सजिलो रहेनछ, समय लाग्ला तर जालो च्यात्नु पर्छ,’ ।










प्रतिक्रिया दिनुहोस्