काठमाडौँ, ६ पौष । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंग र कार्यक्रमका रुपमा अघि बढाएको बताएकी छिन् ।
आज विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिका लागि यथोचित बजेट पनि छुट्याइएको जिकिर गरिन् ।
राष्ट्रिय नीतिमा र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति एवं पञ्चवर्षिय रणनीति र कार्यनीतिहरुमा पनि आयुर्वेदका कार्यक्रमहरु परेको उनले उल्लेख गरिन् ।










प्रतिक्रिया दिनुहोस्