मकवानपुर, ७ पौष । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफ्नो सेवा सुविधाबापतको रकमबाट मकवानपुरको कैलाश गाउँपालिका–४ का विपन्न चेपाङ दम्पतीका लागि घर निर्माण गरिदिएका छन् ।
मुख्यमन्त्री बानियाँले लालकुमार चेपाङ र सानुमाया चेपाङलाई नवनिर्मित घर हस्तान्तरण गरेका हुन् । कैलाश गाउँपालिकाको सिफारिसमा मुख्यमन्त्रीले आफ्नै निजी खर्चमा करिब ८ लाख रुपैयाँको लगानीमा तीन कोठाको जस्ताले छाएको घर र शौचालय निर्माण गराएका हुन् ।
घर हस्तान्तरण गर्दै मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रका कोही पनि नागरिक गाँस, बास र कपासबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले व्यक्तिगत र सरकारी दुवै तवरबाट काम गरिरहेको बताए । मुख्यमन्त्रीले चेपाङ दम्पतीलाई बाख्रा पालन गरी आत्मनिर्भर बन्न आग्रह गर्दै तत्कालका लागि नगद २० हजार रुपैयाँ समेत सहयोग गरे ।










प्रतिक्रिया दिनुहोस्