अर्थ

८ लाखको धनमाल चोरी



काठमाडौँ, ७ पौष । मोरङको पथरीशनिश्चरे नगरपालिका-१० रिगुवामा एक घरबाट लाखौँको धनमाल चोरी भएको छ ।

प्रहरीका अनुसार स्थानीय लक्ष्मी प्रसाद घिमिरेको घरमा शनिबार साँझ चोर पसेर सुनका गरगहना र नगदसहित करिब ८ लाख रुपैयाँ बराबरको धनमाल चोरेर लगेको हो ।

घरमा कोही नभएको वा सुरक्षा कमजोरीको फाइदा उठाउँदै चोरले सुन र नगद हात पारेको प्रारम्भिक विवरणमा देखिएको छ । चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले प्रहरीले उनीहरूको खोजी कार्यलाई तीव्र पारेको छ ।