Banner News

महाधिवेशनविना कांग्रेस चुनावमा जाँदैन : महामन्त्री थापा



काठमाडौँ, ७ पौष । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशनविना कांग्रेस चुनावमा नजाने पनि बताए ।

धुम्बाराही ब्यांकेटमा सोमबार काठमाडौं–४ का कार्यकर्ताहरूसँगको छलफलमा उनले पार्टीको महाधिवेशन गरेर २१ फागुनको निर्वाचनमा सहभागी हुने बताए । उनले अहिले सार्वजनिक भएको वडा अधिवेशनको सन्दर्भमा केही दिन तलमाथि भए पनि अधिवेशन नरोकिने बताए । उनले अधिवेशनपछि पार्टी चुनावमा जाने बताए । चुनाव फागुन २१ मै हुनुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘अधिवेशन विना नेपाली कांग्रेस पार्टी निर्वाचनमा जाँदैन, जानु हुँदैन, जान सक्दैन, क्लियर यसमा । जुन तिथिमा हामीले वडाको अधिवेशन भनेका छौं, त्यसमा एक–दुई दिन तलमाथि होला, थोरै तलमाथि होला । कि नियमित अधिवेशन सरासर अगाडि बढ्छ कि विशेष महाधिवेशन हुन्छ । त्योभन्दा अर्को कुरा केही पनि छैन । अधिवेशन हुन्छ । पार्टीको आधिकारिक निर्णयमा टेकेर मैले भन्नुपर्छ कि फागुन २१ गते चुनाव गर्ने कुरा अनिवार्य छ । फागुन २१ गते चुनाव हुने कुरा किन आवश्यक छ भने संविधान ट्रयाकभन्दा बाहिर गएको छ, संविधानलाई ट्रयाकमा फर्काउनका निम्ति फागुन २१ गते निर्वाचन गर्ने ।’