समाचार

टोखामा एक महिला मृत फेला



 काठमाडौँ, ८ पौष । काठमाडौँको टोखामा एक महिला मृत फेला परेकी छन् ।

टोखा नगरपालिका-३ ढलमल मालाश्री स्कुल नजिक सडक पेटीमा पहिचान खुल्न नसकेकी करिब ३० वर्षीया महिला सोमबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।