समाचार

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु



काठमाडौँ, ८ पौष । काठमाडौँ महानगरपालिका–३२ स्थित सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा अन्दाजी ६० वर्षीय पुरुषको मृत्यु भएको हो । 

हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।