राजनीति

सरकारी टोलीद्वारा एमाले पार्टी कार्यालय अनुगमन



काठमाडौँ, ८ पौष । सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा (एमाले)को पार्टी कार्यालय अनुगमन गरेको छ ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले आज च्यासलस्थित जलाइएको कार्यालय पुगेर अनुगमन गरेको हो । कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले अनुगमन गरेको हो । टोलीले अनुगमनका साथै एमालेका महासचिव शंकर पोखरेल लगायतका प्रतिनिधिसँग छलफल गरेको छ ।