काठमाडौँ, ८ पौष । कांग्रेस उपसभापति धनराज गुरुङले पार्टी चुनावबाट नभाग्ने भन्दै निष्पक्ष र सुरक्षित तवरले निर्वाचन सम्पन्न गर्न उचित वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक सम्वाद समितिले नेपाली कांग्रेसको पार्टी कार्यालयको निरीक्षणका क्रममा उपसभापति गुरुङले सरकारले चुनावको रटान लगाए पनि तयारीमा केहि कमजोरी भएको महशुस भएको उनले बताए । गुरुङले सरकारसँग सहमति गरेका युवाहरूले नै चुनाव हुन दिन्नौं भनेर हिँडेको भन्दै उनीहरूलाई समेत विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए।
त्यसैगरी उनले सुरक्षा निकायको मनोवन उच्च बनाउँदै फागुन २१ लाई अर्जुनदृष्टि बनाएर अघि बढ्न आग्रह गरे । दलहरू र सरोकारसँग छलफल गर्न मन्त्रिपरिषद् बैठकले केहिदिन अघि तीन सदस्य उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरेको थियो । समितिमा सञ्चारमन्त्री खरेल, कानुन मन्त्री सिन्हा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् । विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न गठन गरिएको उच्चस्तरीय राजनीतिक सम्वाद समितिले मंगलबार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको कांग्रेस पार्टी कार्यालयको निरीक्षण गरेको हो ।










प्रतिक्रिया दिनुहोस्