राजनीति

देशलाई अभिभावकको खाँचो छ : शेखर कोइराला



काठमाडौँ, ८ पौष । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई एउटा अभिभावक आवश्यक रहेको बताएका छन् ।

आज काठमाडौँमा कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई संवैधानिक राजतन्त्रको पक्ष लिएर अघि बढ्न सुझाव आउने गरे पनि अब ढिला भइसकेको र आफू मात्रै लागेर नहुने उल्लेख गरे । नेपाललाई राजनीतिक स्थिरता दिन आवश्यक रहेको उनको भनाइ थियो । 

देशको राष्ट्रियता अत्यन्त नाजुक अवस्थामा रहेको बताउँदै प्रजातन्त्र, लोकतन्त्र छाडातन्त्रमा परिणत भइसकेको बताए ।

जेनजी आन्दोलनमा नेपाली अनुहार भए पनि त्यसभित्रको रुप के थियो भन्नेकुरा बुझ्न जरुरी रहेको बताए । “अहिलेको अवस्था जेनजीको आन्दोलनमा नेपाली अनुहार त थियो, तर त्योभित्र नेपाली अनुहार नै थियो की अरु कोही थिए भन्नेकुरा हामीले बुझ्नुपर्छ,” उनले भने ।