अर्थ

तीन वटा होटललाई जरिवाना



काठमाडौँ, ९ पौष । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई कूल रु ४५ हजार जरिवाना गरेको छ ।

विभागका अनुसार मंगलबार थाकखोला थकाली भान्सा घर काठमाडौँलाई रु १५ हजार, पाककला प्रालिलाई रु १० हजार र इन्द्रेणी फुड वर्ल्ड एण्ड व्याङ्केटलाई रु २० हजार जरिवाना गरेको हो ।

विभागले १८ वटा होटल तथा खाजा पसलमा अनुगमन गरेकामा १५ वटालाई सुधारात्मक निर्देशन दिएको र तीन वटालाई नगद जरिवाना गरेको हो ।