समाचार

फरार कैदीबन्दी पक्राउ



काठमाडौँ, ९ पौष । वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार कैदीबन्दीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का टसी तामाङलाई पक्राउ गरेको जनाएको छ ।

गत भदौ २३ र २४ को आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट फरार रहेका तामाङलाई मंगलबार पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

कारागारबाट भागी फरार भई लुकिछिपी बसेको अवस्थामा ब्युरोको टोलीले काठमाडौँस्थित गोकर्णेश्वरबाट पक्राउ गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पेस गरेको छ ।