काठमाडौँ, ९ पौष । भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुरको सूर्य विनायक नगरपालिका–५ चुनदेवीबाट जुवा तास खेलिरहेको अवस्थामा भक्तपुर सूर्यविनायक बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका ३२ वर्षीय कुशल मगरसमेत १० जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५२ हजार ४ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्