काठमाडौँ, १० पौष । उर्जा, सहरी तथा भौतिक मन्त्री कुलमान घिसिङले उज्यालो नेपालले एक महिनामा धेरै ठुलो संरचना र सङ्गठन बनाएको उल्लेख गरेका छन् । उनले पार्टी कार्यालयको उद्घाटन मात्रै भएको होइन देशको भविष्य कोर्ने काम सुरु भएको बताए ।
बिहीबार त्रिपुरेश्वरमा उज्यालो नेपाल पार्टीको पार्टी कार्यालयको उद्घाटन समारोहमा बोल्दै उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका मन्त्री घिसिङले वैकल्पिक शक्तिहरूलाई एकताबद्ध गराउने कामको नेतृत्व आफूहरूले लिने बताएका छन् । आगामी दिनमा देशलाई समृद्ध बनाउन नयाँ पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको उनले दाबी गरे ।
उनले भने, ‘ त्यसतर्फ सम्पूर्ण नयाँ शक्तिहरू,व्यक्तित्वहरू, जसले यो देशमा केही गरौँ भनेर लागि रहेका छौँ । व्यक्ति, समूह, पार्टीहरू अगाडि बढ्नुपर्छ । त्यो नै आजको आवश्यकता हो । त्यसले नयाँ नेतृत्व स्थापित गर्दै अघि बढ्नुपर्छ । त्यसको उज्यालो नेपालले नेतृत्व लिएर अघि बढ्छ ।’










प्रतिक्रिया दिनुहोस्