राजनीति

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री खनाल



सिरहा, १० पौष । अर्थमन्त्री रामेश्वर खनालले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् ।

लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा उनले निर्वाचन गराउन सरकार पूर्ण रूपमा तयार रहेको बताए । उनले वर्तमान सरकार जेनजी आन्दोलनपछि बनेको उल्लेख गर्दै यसको प्रमुख दायित्व निर्वाचन सम्पन्न गराउनु रहेको बताए ।

उनले भने, ‘सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ, कसैको अफवाह र हल्लामा परेर भ्रममा नपर्न म आम नागरिकलाई आग्रह गर्छु ।’