काठमाडौँ, १० पौष । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी निर्वाचन एक्लै लड्ने घोषणा गरेका छन् ।
काठमाडौँको बुद्धनगरमा बसेको केन्द्रीय समितिको विशेष बैठकमा विप्लवले एक्लै निर्वाचनमा भाग लिने जानकारी गरेका हुन् । जेनजी विद्रोहपछिको राजनीतिक अवस्था, चुनावी रणनीति तथा पार्टीको भावी कार्यक्रमबारे ठोस निर्णय लिन बैठक जारी छ ।
उनले भने, ‘माओवादी अहिले कसैसँग चुनावी तालमेल गर्दैन । हामी १ सय ६५ स्थानमा एक्लै प्रतिस्पर्धा गर्छौं । हामी एक्लै प्रतिस्पर्धा गर्न सक्षम छौँ । निर्वाचनमा आचार्यजनक विजय प्राप्त गर्नेछौँ ।’










प्रतिक्रिया दिनुहोस्