समाचार

आजको राशिफल



काठमाडौँ, ११ पौष । आज २०८२ साल पौष ११ गते शुक्रबारको राशिफल ।

मेष : मन खुशी रहनेछ । स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ । विपक्षीमाथि विजय प्राप्त हुनेछ । अनुत्पादक क्षेत्रको लगानी कटौती गर्नुपर्नेछ । साथीभाइले सहयोग गर्नेछन् । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । दुई पाङ्ग्रे सवारी साधनमा पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा देखिएको समस्याको समाधान हुनेछ । आज पारिवारिक मेलमिलाप हुनेछ ।

मिथुन : पठनपाठनमा रुची बढ्ने दिन छ । नतिजाको पर्खाइमा भए शुभ खबर सुन्नुपर्ने योग परेको छ । मन शान्त रहनेछ । परिवारमा विवाद गरेमा घाटा हुनेछ । वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ ।

कर्कट : दिन सामान्य छ । साथीसँग बोल्दा सोच्नुपर्ने हुन्छ । परिवारसँग बसेर रमाइलो गर्ने समय छ । राजनीतिक क्षेत्रमा भने साथीले सहयोग गर्नेछन् । लामो दूरीको यात्रा तय हुनेछ ।

सिंह : असन्तुष्टि बढ्नेछ । साना कुरामा अल्झनु भन्दा महत्त्वपूर्ण काममा समय दिएमा फाइदा हुनेछ । बिहान मनमा खटपटी बढे पनि दिउँसोपछि महत्त्वपूर्ण काम बन्नेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । आज परिवारलाई समय दिइनेछ ।

कन्या : दिन राम्रो छ । धनलक्ष्मी योगलाई सदुपयोग गर्नुपर्नेछ । साथीभाइले तपाईंको पक्षमा काम गर्नेछन् । व्यापारमा लगानी गर्ने भए दिन अनुकुल छ । परिवारमा सुख प्राप्त हुनेछ । दाम्पत्य जीवन सफल बन्नेछ ।

तुला : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ । सामाजिक काममा सक्रिय हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । परोपरकार गर्ने बानीले आफ्नो समय र धनसमेत खर्च हुनेछ । आजको दिन शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ ।

वृश्चिक : व्यापारमा फाइदा हुनेछ । घरमा परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । सानो कुरामा अल्झिएमा मन अशान्त बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

धनु : दिन राम्रो भएकाले सोचेको काम बन्नेछ । साथीभाइ र सहकर्मीले तपाईंको योजनामा साथ दिनेछन् । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । राज्यका उच्च व्यक्तिबाट हौसला प्राप्त हुँदा दिन सहज बन्नेछ ।

मकर : मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाइसँगको भेटले दिन रमाइलो हुनेछ । लामो यात्रा तय हुनसक्छ । पठनपाठनमा भने जोस जाँगर कम हुनेछ ।  

कुम्भ : मन अशान्त रहेकाले स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्नेछ । तपाईंको हातबाट गरेको लगानीले घाटा हुने जोखिम रहेकाले संयुक्त लगानी गर्नु राम्रो हुनेछ । बिहान शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

मीन : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । पढाइमा मन नजाँदा निराशा बढ्नेछ । बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्दा फाइदा हुनेछ । साथीभाइले सहयोग गर्नेछन् ।