काठमाडौँ, ११ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको प्राथमिकता निर्वाचन नै रहेको बताएका छन् ।
आज सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा सभापति देउवाले सरकारले चुनाव हुने वातावरण बनाउनुपर्ने बताए ।
देउवाको भनाइ उदृत सञ्चारमन्त्री निकट गर्दै स्रोतले भन्यो, ‘नेपाली कांग्रेसको प्राथमिकता प्रतिनिधि सभा पुनस्थापना भन्दा पनि चुनाव नै हो’, ‘तर सरकारले चुनाव हुने वातावरण बनाउनुपर्छ ।’
जवाफमा मन्त्री खरेलले सरकारले स्वच्छ, भयरहित र निश्पक्ष निर्वाचन गराउन कुनै कसर बाँकी नराख्ने भन्दै दलहरुले पनि निर्वाचनको वातावरण बनाउन पहल गर्नुपर्ने बताएका थिए ।










प्रतिक्रिया दिनुहोस्