काठमाडौँ, ११ पौष । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टीमा विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन् ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन मागकर्ताहरूले पार्टीलाई बुझाएको स्मरण पत्र शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बुझ्दै नियमित महाधिवेशन नहुने भएपछि विशेष महाधिवेशनमा जानुको अर्को विकल्प नरहेको बताए । उनले विशेष महाधिवेशन पौष मसान्तसम्म गर्नु केन्द्रीय कार्यसमिति र कार्यवाहक सभापति पूर्णबहादुर थापाको अनिवार्य जिम्मेवारी भएको बताए ।
उनले भने, ‘विशिष्ट कारण देखाएर विशेष महाधिवेशन अनिवार्य गरिनुपर्छ । हस्ताक्षरअनुसार पुस मसान्तसम्मको अवधि अर्थात् तीन महिनाभित्र विशेष महाधिवेशन बाध्यकारीको थियो । नियमित महाधिवेशन नहुने भएपछि अब विशेष महाधिवेशनमा जानुको अर्को विकल्प छैन । तोकिएको तालिका अनुसार पन्ध्रौँ महाधिवेशन गरिसकेको भए यो मागको अर्थ हुँदैन थियो । अब विशेष महाधिवेशन अनिवार्य शर्त हो ।’










प्रतिक्रिया दिनुहोस्