अर्थ

विभागद्वारा दुई फर्मलाई जरिवाना



काठमाडौँ, १२ पौष । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।

विभागले जुली केक एण्ड पेष्ट्री ललितपुर र जिरी खिम्ती होटल रेष्टुरेन्टलाई रु पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ क बमोजिम कारबाही गरिएको जनाएको छ ।

यस्तै, विभागले अन्य १२ वटा उद्योग वा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । काठमाडौँ र ललितपुरका विभिन्न होटल तथा रेष्टुरेन्टमा नियमित अनुगमन भइरहेको विभागले उल्लेख गरेको छ ।