काठमाडौँ, १२ पौष । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
शनिबार बसेको उक्त पार्टीको स्थायी कमिटी बैठकले संघर्षका कार्यक्रम घोषणा गरेको हो । संघर्षका कार्यक्रम अन्तर्गत पुस १२ गते बलुका देशव्यापी मसाल जुलुस, १३ गते देशभर कोणसभा, १४ गते विरोध प्रदर्शन र १५ गते काठमाडौँमा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।
शुक्रबार अर्घाखाँचीको सितगंगास्थित जनकम्युनमा प्रहरीले छापा मारेको विरोधमा सो पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको हो । प्रहरीको एक टोलीले हिजो अर्घाखाँचीको सितगङ्गा ११ मा रहेको सो पार्टीले सञ्चालन गरिरहेको कम्युनमा छापा मारेको थियो । छापा मार्ने क्रममा केही हतियार र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्