राजनीति

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री अर्याल



काठमाडौँ, १२ पौष । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताएका छन् ।

गृह मन्त्रालयको नेतृत्व सम्हालेको १०० दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्दै उनले सरकार राहत वितरण, शान्ति सुरक्षा व्यवस्थापन, सुशासन र निर्वाचन तयारीलगायत कार्यमा केन्द्रित रहेको बताएका छन् ।

उनले भनेका छन्, “जेनजीले मागेका सुशासन, पारदर्शी राज्यप्रणाली र भ्रष्टाचार अनुसन्धानमा सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ ।”

गएको भदौ २३–२४ गतेको ‘जेनजी’ आन्दोलनमा व्यक्त भावना र तत्कालीन परिस्थितिमा सहिद परिवार र घाइतेको मलमपट्टी गर्दै सरकारले फागुन २१ को निर्वाचनको तयारी अघि बढाइरहेको उनले स्पष्ट गरेका छन् ।