समाचार

इँटा फ्याक्ट्रीमा आगलागी 



काठमाडौँ, १३ पौष । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुँडालस्थित इँटा फ्याक्ट्रीमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार आज बिहान विक्रम गाइजुले सञ्चालन गरेको ‘बिएम ब्रिक फ्याक्ट्री’ मा रहेको एउटा भवनमा आगलागी भएको हो ।

काँचो इँटा र माटोले बनेको दुई तले घरको माथिल्लो तलाको तीन वटा अफिस कोठामा करेन्ट सर्ट भएर आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । दमकलको सहयोगमा बिहान पौने ९ बजेतिर आगो निभाइएको प्रहरीले जनाएको छ ।