समाचार

प्रहरी सहायक हबल्दार मृत फेला



काठमाडौँ, १४ पौष । प्रहरी प्रधान कार्यालयमा कार्यरत एक जना सहायक हबल्दार बुद्धनगरमा मृत फेला परेका छन् ।

काठमाडौँ प्रहरी परिसरका अनुसार आज बिहान नयाँबानेश्वर बुद्धनगरस्थित डेरा कोठाभित्र सहायक हबल्दार बलबहादुर थापा मृत फेला परेका हुन् ।

घाँटीमा पासो लागेको अवस्थामा झुण्डिएको देखेपछि उनकी श्रीमतीले उद्धार गरेर नजिकैको एभरेष्ट अस्पताल पुर्‍याएकी थिइन् । तर चिकित्सकले उनलाई मृत घोषणा गरेको हो ।

सहायक हबल्दार थापाको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।