अर्थ

राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै



काठमाडौँ, १४ पौष । नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८३ क’ जारी गर्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । सोमबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । ब्याज भुक्तानी अर्धवार्षिक हुनेछ भने साँवा भुक्तानी मिति २०८३ पुस १४ गतेलाई तोकिएको छ ।

ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टर पार्टी) मात्र सहभागी हुन पाउने छन् । काउन्टर पार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा ४ अंकसम्म) उल्लेख गर्नुपर्नेछ ।

बोल गर्न सकिने रकम न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म तोकिएको छ । यस बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने र ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ ।