राजनीति

कांग्रेसद्वारा समानुपातिक बन्दसूचीमा राख्ने ११० जनाको नाम पारित



काठमाडौँ, १४ पौष । नेपाली कांग्रेसले समानुपातिक प्रणालीको बन्दसूचीमा राख्ने ११० जनाको नाम केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको छ । 

पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिले नाम पारित गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘११० जनाको नामावली पठाउँछौँ । त्यो कार्यसम्पादन समिति बैठकबाट पारित भएको छ,’ ‘प्राविधिक विषय मिलाएर आयोगमा बन्दसूची बुझाउँछौँ ।’

उनले पुराना योगदान गरेका र अवसर नपाएकालाई सूचीमा समावेश गरिएको जानकारी दिए । यसअघि प्रत्यक्ष निर्वाचन जितेर सांसद भएका भने सूचीमा रहेको महतले बताए ।