काठमाडौँ, १५ पौष । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तमु (गुरुङ) जातिको पर्व तमु ल्होसारले नेपाली समाजमा आपसी विश्वास, एकता र सद्भावलाई थप सुदृढ गर्दै समृद्ध राष्ट्र निर्माणतर्फ अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।
तमु ल्होसारको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले ल्होसारलाई तमु जातिको नयाँ वर्षका रूपमा मनाइने महत्वपूर्ण पर्वका रूपमा उल्लेख गरेका छन् । उनका अनुसार यस पर्वले धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण तथा संवर्द्धनमा सबैलाई प्रेरित गर्दै आएको छ । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई नेपाली कांग्रेस र आफ्नो व्यक्तिगततर्फबाट सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
‘तमु जातिको नयाँ वर्षका रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको छ । यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजबुत बनाएको छ”, उनले भने ।










प्रतिक्रिया दिनुहोस्