अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १५ पौष । आज सुनचाँदीको मूल्य घटेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३०८ रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।