अर्थ

अकबरे खुर्सानीको मूल्य घट्यो



काठमाडौँ, १५ पौष । बजारमा अकबरे खुर्सानीको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अकबरे खुर्सानीको मूल्य घटेको हो ।

आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ३८ रुपैयाँले घटेको छ । आज अकबरे खुर्सानी प्रतिकिलो ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज प्रतिकिलो ३ सय ६२ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै एक साताअघि अकबरे खुर्सानी प्रतिकिलो ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।