राजनीति

दाङका तीन स्थानीय तहका विद्यालय तीन दिन बन्द



दाङ, १६ पौष । चिसो बढेपछि जिल्लाका तीन स्थानीय तहले बुधबारदेखि तीन दिन विद्यालयमा बिदा दिएका छन् । 

घोराही उपमहानगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । चिसो बढेका कारण विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरी तीन दिन बिदा दिएको जनाएको छ ।