अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १७ पौष । आज सुनचाँदीको मूल्य घटेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १४ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ५९ हजार  ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।