अर्थ

कुरिलोको मूल्य बढ्यो



काठमाडौँ, १७ पौष । बजारमा कुरिलोको मूल्य बढेको छ । होलसेल (थोक) मै किलोको २ हजार रुपैयाँसम्म पुगेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कुरिलोको होलसेल मूल्य बढेको हो । हिजो बुधबारको तुलनामा आज बिहीबार कुरिलो प्रतिकिलो थोकमा औसत २ सय रुपैयाँ बढेको छ ।

हिजो बिहीबार कुरिलो प्रतिकिलो न्यूनतम १ हजारदेखि अधिकतम १ हजार १ सय र औसत १ हजार ६ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

आज बिहीबार कुरिलो प्रतिकिलो न्यूनतम १ हजार ७ सयदेखि अधिकतम २ हजार र औसत १ हजार ८ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

पुस पहिलो साता भने कुरिलो न्यूनतम १ हजार ५ सयदेखि अधिकतम १ हजार ८ सय र औसत १ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

कुरिलोको सिजन विशेषगरी वैशाख, जेठ र असारमा प्रतिकिलो ३ देखि ४ सय रुपैयाँमा किन्न पाइन्छ । अहिले बेमौसमी तरकारी भएकाले कुरिलोको भाउ बढेको व्यवसायी बताउँछन् ।